बिस्कुट खान दिई पाँच वर्षीया बालिका बलात्कृत

बिस्कुट खान दिई पाँच वर्षीया बालिका बलात्कृत

सप्तरीमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेकाे छ ।

मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा लगी गत शनिबार बलात्कार गरेको अनुसन्धानकाे क्रममा खुलेकाे छ ।

बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार अस्पताल लग्दा अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

आरोपितविरुद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.