मादक पदार्थ सेवन गरी किशोरीलाई बलात्कार गर्न खोजेकाे अभियाेगमा एक पक्राउ

मादक पदार्थ सेवन गरी किशोरीलाई बलात्कार गर्न खोजेकाे अभियाेगमा एक पक्राउ

मकवानपुर प्रहरीले मादक पदार्थ सेवन गरी किशोरीलाई बलात्कार गर्न खोजेकाे अभियाेगमा एकजनालाइ पक्राउ गरेकाे छ ।

भीमफेदी गाउँपालिका–४ का ३२ वर्षीय नवीन स्याङतानले सोही वडाका १५ वर्षीय किशोरीलाई सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी  जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।

पीडित परिवारका अनुसार परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेर किशोरीलाई जबर्जस्ती गर्न खोजेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले स्याङतानलाइ पक्राउ  गरी भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ ।

यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.