विवाहकाे प्रलोभन देखाइ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

विवाहकाे प्रलोभन देखाइ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

१४ वर्षीया बालिकालाई विवाह गर्छु भनी विभिन्न प्रलोभनमा पारेर जबरजस्ती करणी गर्ने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने वर्ष १९ को विरेन्द्र कोलीलाई प्रहरीले पक्राउ गरेको हाे ।१४ वर्षीया बालिका जेठ ३२ गते देखि हराएको र परिवारले प्रहरीमा जाहेरी दिएको आधारमा प्रहरीले खोजी गर्ने क्रममा कोलीको कोठाबाट उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

उद्धार गरेपछि पीडित बालिकाले बिबाह गर्छु भनी वीरेन्द्रले प्रलोभनमा पारेर कोठामा ल्याएर जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी थिइन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.