१३ वर्षीया बालिकाकाे हातखुट्टा बाँधेर सामूहिक बलात्कार

१३ वर्षीया बालिकाकाे हातखुट्टा बाँधेर सामूहिक बलात्कार

कैलालीमा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१५ २५ वर्षीय कुट्टु चौधरी र २३ वर्षीय विजय चौधरी तथा वडा नम्बर–७ का २५ वर्षीय झगरु चौधरी छन् ।

उनिहरूले बालिकालाई फकाएर मोटरसाइकलमा राखेर जंगलमा लगि बालिकाको हातखुट्टा बाँधेर पालैपालो बलात्कार गरेकाे अनुसन्धानकाे क्रममा खुलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दक्षकुमार बस्नतेले जानकारी दिनुभयाे ।

पीडित बालिकाले कसैलाई भने मारिदिने धम्की दिएको बताएकी छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.