बुहारी बलात्कार गरेकाे आरोपमा एक सैनिक कर्मचारी पक्राउ

बुहारी बलात्कार गरेकाे आरोपमा एक सैनिक कर्मचारी पक्राउ

बुहारीलाई बलात्कार गरेकाे आरोपमा जिल्ला प्रहरी कार्यलय डाेटीले एक सैनिक कर्मचारीलाई पक्राउ गरेको छ ।

राति छोरालाई पिसाब गराउन बाहिर निस्केकाे समयमा बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा सायल गाँउपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टलाई प्रहरीले पक्राउ गरेको हाे ।

मदिराको नसामा रहेका कृष्णले आफूमाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।

तर, पक्राउ परेका कृष्णले बुहारीलाई जिस्क्याए पनि जबरजस्ती करणी भने नगरेको बयान दिएका छन् ।

आरोपी विष्ट नेपाली सेनाको कुमार दलगुल्म सुपारीटार हेटौंडामा कार्यरत रहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.