ट्रकमा लिफ्ट दिई बलात्कार गर्ने चालक र सहचालक पक्राउ

ट्रकमा लिफ्ट दिई बलात्कार गर्ने चालक र सहचालक पक्राउ

ट्रकमा महिलालाई लिफ्ट दिई बलात्कार गर्ने चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा र्लाबारी ३ सुर्यचोकका ३२ वर्षीय सहचालक गोपाल भण्डारी र सोही ठाउँका चालक बिमल ढकाल रहेका छन् ।

बुधबार नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकका चालक र सह-चालकले ति महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएर व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक रोकेर दुवै जनाले जबरजस्ती करणी गरेका थिए ।

पिडीत महिलाले दिएकाे उजुरीकाे आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत सम्पुर्ण प्रहरी ईकाईहरुले खोजतलास गर्दा जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं ३ बनबाटिका चौर नजिक उक्त ट्रक रोकी रड (छड) अनलोड गर्दै गरेको अबस्थामा फेला पारेका थिए ।

पक्राउ परेका दुवैजनासँग अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.