१४ वर्षे बालकद्वारा ९ महिनाकी शिशु बलात्कृत

१४ वर्षे बालकद्वारा ९ महिनाकी शिशु बलात्कृत

सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा ९ महिनाकाे शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

बालकले घरमा कोहि नभएको मौका छोपेर शिशुलाई बलात्कार गरेको स्थानीयलाई उद्त गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

खाजा पुर्याएर घर फर्किँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.