बालिका बलात्कार प्रयास गर्नेलाई छ वर्ष कैदको फैसला

बालिका बलात्कार प्रयास गर्नेलाई छ वर्ष कैदको फैसला

तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैद छ वर्ष कैद २५ हजार रूपैयाँ जरिवानाको सजाय गर्नुका साथै पीडितलाई १५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई उक्त फैसला गरेको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।

घर फर्किरहेकी बालिकालाई विसं २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ असार ३२ गते अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए ।

गत साउन १ गते पक्राउ परेका आरोपित जिल्ला अदालतको आदेशमा गत साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले भने अपहरण तथा बलात्कार प्रयासको आरोप अस्वीकार गर्दै आएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.