गाईबस्तु चराउन गएका बेला १२ वर्षीया बालिका माथि सामुहिक बलात्कार

गाईबस्तु चराउन गएका बेला १२ वर्षीया बालिका माथि सामुहिक बलात्कार

सिरहामा १२ वर्षीया बालिका माथि सामुहिक बलात्कार भएकाे छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ भुडकी १२ वर्षीया बालिका माथि सीतापुरस्थित जङ्गलमा गाईबस्तु चराउन गएका बेला बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामुहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २४ गते दिएको उजुरी दिएकी थिइन् ।

पीडितकी आमाले दिएको उजुरी र पीडित बालिकाको बयानपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते घटना दर्ता गरेको हो ।

पीडित बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिएका छन् ।

चारै जना आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी मिश्राले बताएका छन् ।

आरोपितहरू गाउँटोलकै भएको र त्यसमध्ये एक जना पारिवारिक सदस्यभित्रको नातामा दाजु पर्ने व्यक्ति भएकाले गाउँमै मिलाउने भन्दै दबाब आएपछि समयमै निर्णय गर्न नसक्दा प्रहरी समक्ष उजुरी गर्न ढिलो भएको पीडितकी आमाले बताइन् ।

फरार बालकहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.