१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

ओखलढुंगामा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बुधबार दिउँसो बालिकालाई बलात्कार गरेर घरबाट भाग्दै गरेको अवस्थामा चिसंखुगढी गाउँपालिका- ६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको समयमा बालिकालाई शौचालयमा लगेर बलात्कार गरेको बालिकाका अभिवाकले प्रहरीलाई बताएका छन्। बालिकाले आफूमाथि करणी भएको अभिभावकलाई बताएपछि अभिावकको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दा बिहीबार दर्ता गरेर म्यद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.