युवती बलात्कारकाे आरोपमा नेपाल प्रहरीका असइ पक्राउ

युवती बलात्कारकाे आरोपमा नेपाल प्रहरीका असइ पक्राउ

प्रहरीले रौतहटबाट युवतीलाई बलात्कार गरेकाे आरोपमा एकजना नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेकाे छ ।

२० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन्।

हेटौडाबाट उनीहरु सँगै मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरको एउटा होलमा लगेर ती युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि प्रहरीले साहलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.