किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई बिगत ४ दिनदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरु ३ जनालाई काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.