विहेको आश्वासन देखाएर प्रेमिकाको सामूहिक बलात्कार

विहेको आश्वासन देखाएर प्रेमिकाको सामूहिक बलात्कार

बर्दियामा विहेको आश्वासन दिएर प्रेमीले साथीलाई बोलाएर प्रेमिकाको सामूहिक बलात्कार गरेका छन् ।

प्रहरीले सामूहिक बलात्कारका अभियोगी बढैयाताल गाउँपालिका—८ पशुपतिबजारका २४ वर्षीय अशोक सुनार र २२ वर्षीय श्रीधर थापालाई पक्राउ गरेको छ।

‘साथीलाई यौन सम्पर्क गर्न दिए विवाह गर्ने भनेर बाध्य गराएर प्रेमीको घरमै साथीसहित पालैपालो बलात्कार गरेको ती किशोरीले प्रहरी समक्ष बयाद दिएकि छन् ।

सुनारका बाबु अर्को विवाह गरि अन्यत्र बस्दै आएका थिए भने आमा विदेशमा रोजागारी गर्न गएकी छिन्। सुनार घरमा एक्लै बस्दै आएका थिए। उनले विवाह गर्छु भनेपछि ती किशोरी घर छाडेर आएकी थिइन्।‘किशोरीलाई दुईवटा कोठामा पालैपालो बलात्कार गरिएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएकाे छ ।

बलात्कार भएको भोलिपल्ट विहे पछि गर्छु अहिले घर जाउ भनेपछि किशोरी रुन थालेपछि प्रहरीलाई जानकारीभएकाे थियाे।

सामूहिक बलात्कार गरेको अभियोगमा सुनार र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनाविरुद्ध सामूहिक बलात्कारको अभियोगमा मुद्दा दायर गरेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.