बुवा र आमासँगै भारतमा बस्दै आएकी बालिकाको बलात्कारपछि हत्या

बुवा र आमासँगै भारतमा बस्दै आएकी बालिकाको बलात्कारपछि हत्या

एक नेपाली बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या गरिएको छ ।

नेपालको बाजुरा बुढीगंगा नगरपालिका–१ कुँडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चँदाराको भारतको पूर्वी दिल्लीको सक्कपुरमा बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

बुवा र आमासँगै भारतमा बस्दै आएकी बालिकाको गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा भारतीय नागरिक बसिम अहमद (सनु) ले बलात्कारपछि हत्या गरेको भारतीय प्रहरीले जनाएको छ।

हत्यामा संलग्नलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ । बुवा देव चँदारा त्यही घरमा चौकीदारी गर्दै आएका थिए भने आमाले त्यही घरमा बसिम अहमदले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन् ।

शुक्रबार दिउँसो बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

भारतस्थित दूतावासमा कार्यरत एसएसपी अधिकारका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमदले बलात्कार प्रयास पछि हत्या गरेको बताएका छन् । बलात्कार गर्न खोजेको र नमान्दा घाँटी च्यापेर हत्या गरेको अहमदले प्रहरी समक्ष स्वीकार गरेको जनाइएको छ ।

भारतीय प्रहरीले बसिम अहमद हत्या र जवरजस्ती करणी दुवै मुद्दा चलाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.