६० बर्षिया एक महिला बलात्कृत

६० बर्षिया एक महिला बलात्कृत

मकवानपुरमा ६० बर्षिया एक महिला बलात्कृत भएकी छन् ।

जिल्लाको थाहा नगरपालिका १३ बज्रवाराहीकी महिलामाथि उनकै घरमा डेरा गरि बस्ने कलैयाका २० वर्षिया नरेश दासले सोमबार साँझ बलात्कार गरेका हुन् ।

आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गरेको पीडित महिलाले जानकारी दिएकी छन्।  आफू चिच्याएपछि युवकले घाँटी थिचेको र स्थानीयले थाहा पाएपछि झ्यालबाट हामफालेर भागेको पीडित महिलाले बताएकी छन्।

महिलाको काठमाडौस्थित एक अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले अभियुक्तलाई पक्राउ गरि म्याद थप अनुसन्धान सुरु गरेकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.