जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनसरी ईटहरी बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका–४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लेटाङ नगरपालिका–३ स्थित नमूना सामुदायिक वनमा ओझाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.