गत आर्थिक वर्षमा १८ सयभन्दा बढी बलात्कारका घटना

गत आर्थिक वर्षमा १८ सयभन्दा बढी बलात्कारका घटना

मुलुकभर जबर्जस्ती करणीका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा आव २०७५–७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४–७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५–७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३–७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताउँछन् ।

आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको उनको भनाइ छ ।

“हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ,” उनले भने । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाइ छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.