जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धादिङबाट एकजनालाई पक्राउ  गरेको छ ।

खोटाङ घर भएकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा थाक्रे गाउँपालिका-४ आग्राखोलास्थित ज्याला मजदुरी गरी बस्ने सर्लाहीका ४७ वर्षीय रामबहादुर मिजारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

मिजारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.