११ वर्षकी बालिकालाई पटक–पटक बलात्कार गरेकाे अभियोगमा एक पक्राउ

११ वर्षकी बालिकालाई पटक–पटक बलात्कार गरेकाे अभियोगमा एक पक्राउ

११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेकारहेका तीन जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीका सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका ५५ वर्षीय शिव श्रेष्ठ रहेका छन् । उनलाई पश्चिम नवलपरासी प्रहरीले गुल्मीबाट  पक्राउ गरेको हो

प्रहरीले उनलाइ गुल्मीस्थित आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यसअघि सुनुवलबाटै ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेरजवरजस्ती करणीमा मुद्धा दर्ता गरिसकेको छ ।

बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.