जंगलमा घाँस काट्न गएकी एक किशोरी प्रहरी जवानबाट बलात्कृत

जंगलमा घाँस काट्न गएकी एक किशोरी प्रहरी जवानबाट बलात्कृत

ओखलढुंगामा एक किशोरी प्रहरी जवानबाट बलात्कृत भएकी छन्।

स्थानीय १८ वर्षीया किशोरीलाई मंगलबार जंगलमा घाँस काट्न गएको अवस्थामा जंगलमै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरी चौकी श्रीचौरमा कार्यरत सप्तरी घर भएका प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका छन्।

यादवले जबर्जस्ती करणी गरिरहेका बेला किशोरीका बुबाले फेला पारेपछि घटना बाहिर आएको हो। यादवले यसअघि पनि ती किशोरीलाई जंगलमै घाँस काट्न गएको समयमा बलात्कार गरेको आरोप लगाइएको छ।

आरोपित यादवलाई पक्राउ गरि जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.