बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

प्रहरीले ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारीलाई पक्राउ गरेकाे छ ।

पीडितको उजुरीको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारीलाई आइतबार अनामनगरबाट पक्राउ गरेकाे हाे । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयाे ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.