जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रहरीले सुनसरीबाट जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त गढी गाउँपालिका-१ मधेली बस्ने २६ वर्षीय कलाम भन्ने कलामदिन मियाँलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे ।

२०७६ बैशाख ३ गते सुनसरी बस्ने १४ वर्षीया बालिकालाई दुहबी नगरपालिका-९ सप्तरियाटोल जंगलमा लगि जबरजस्ती करणी गरी फरार रहेका मियाँलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका-१ प्रास्टोकीबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.