कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुरकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरीमाथि पाँच जनाको समूहले बलात्कार गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा  शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई पक्राउ गरेको छ भने अभियोग लागेका अन्य ३ जना भने फरार रहेका छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

किशोरीमाथि ५ जनाको समूहबाट शुक्रबार राति बलात्कार भएकाे भन्दै परिवार र स्थानीये प्रहरीमा उजुरी दिए पछि दुई जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले बताउनु भयाे ।

इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ । उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ । कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको एक वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.