बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

बलात्कारको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

आरोपितले गत फागुन २२ गते विभिन्न बहाना बनाइ जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले साउन २९ गते वडा कार्यालय वालिङमा उजुरी दर्ता गराएका थिए।

किशोरीको गोपनीयतामाथि मध्यनजर गरी दुवैजनाको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो ।

उजुरीपछि प्रहरीको टोलीले पक्राउ गरी अदालतबाट म्याद थप भई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.