कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार

कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौंकाे कलंकीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । दैलेख घर भएकी १७ वर्षीया किशोरीमाथि दुईजनाको समूहले बलात्कार गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा  धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ भने अभियोग लागेका अर्का धादिङकै ३० वर्षीय मदन थापा मगर भने फरार रहेका छन् । उनको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

किशोरीलाई उनिहरुले कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर बलात्कार गरेको प्रहरी प्रधान कार्यालय कलंकीमा उजुरी परेको छ । घटना बारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.