सप्तरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सप्तरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सप्तरीको राजविराज बजारमा १३ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् ।

घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन् ।

आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि बालिका रुँदै घर आएकी उनकी आमाले जानकारी दिनुभयो । विक्षिप्त अवस्थामा रहेकी बालिकाले आरोपितहरुको नाम र ठेगाना बताउन सकेकी छैनन् ।

बालिकाको अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएकाे छ ।

इन्सेक सप्तरीको कार्यालयमा बिहान पीडित बालिकासहित आउनुभएकी उनकी आमाले इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा घटनाबारे उजुरी दिनुभएको थियो ।

आरोपितहरुको नाम र ठेगाना नखुलेपछि प्रहरीले बालिकाले बताएको हुलियाका आधारमा उनीहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.