७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सप्तरीबाट एकजनालाई पक्राउ गरेकाे छ ।

उदयपुर घर भएकी ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिका-८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

सदाले ती महिलालाई गत सोमबार धाक-धम्की, डर, त्रास देखाई जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिसनपुरबाट खटिएको प्रहरीले उनलाई खडक नगरपालिका-८ बिसनपुर चोकमा रहेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.