दुई बालिका बलात्कार प्रयासको आरोपमा एक पक्राउ

दुई बालिका बलात्कार प्रयासको आरोपमा एक पक्राउ

रसुवामा दुई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनार रहेका छन्। आइतबार दिउँसो बालिकाहरुलाई फकाएर जंगलतर्फ लगी बलात्कार प्रयास गर्न लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकामध्ये एउटा ६ वर्षीय र अर्की १२ वर्षीय रहेका छन्। उनी विकासे आयोजनामा मजदुरी गर्न आएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.