१९ वर्षीया एक किशोरीमाथि १० जनाद्वारा सामुहिक बलात्कार

१९ वर्षीया एक किशोरीमाथि १० जनाद्वारा सामुहिक बलात्कार

नवलपरासीको सुस्तामा १९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ बस्ने ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षकै अमरनाथ भिडहारलाई रहेका छन् । सुस्ता गाउँपालिका–३ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।

एक सहकर्मी युवकसँग मोटरसाइकलमा कार्यालय जाने क्रममा आइतबार बिहान ९ बजे युवतीलाई स्थानीय दश युवाले डरत्रास देखाइ उखुबारीमा लगेर सामूहिक रुपमा जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।

पक्राउ परेका सबैविरुद्ध जबरर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.