बसभित्र किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा चालक र सहचालक पक्राउ

बसभित्र किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा चालक र सहचालक पक्राउ

बसभित्र किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बसका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

धनकुटा घर भई मोरङको रंगेलीमा आफन्तकोमा बस्दै आएकी १५ वर्षीय किशोरीमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले ना ६ ख ९३४४ नम्बरको बसका चालक रंगेली नगरपालिका– ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीयसन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

वेतना सिमसारबाट दमक हिँडेकी बालिका दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई फकाएर बसमै राखेर पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका–९ को दोहमना हाटचौक लगेर बलात्कारको प्रयास गरेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार साझ बसभित्र किशोरीमाथि बलात्कार प्रयास भएपछि स्थानीयले चालक र सहचालकलाई नियन्त्रणमा लिएका थिए । चालक खड्काले बसको पछाडीको सीटमा करणीप्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले दुईजनालाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

घटनापश्चात् इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चालक र सह–चालकलाई पक्राउ गरेको छ । चालक र सहचालकलाई मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.