बसभित्रै दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सहचालक पक्राउ

बसभित्रै दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सहचालक पक्राउ

काठमाडौंकाे तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित शुभकामना चोकमा बसभित्रै दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका-३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राई छन् । राईलाई बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ललाई-फकाई सोही ठाउँस्थित सहमती सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.