मानसिक रूपमा कमजोर भएकि महिलालाई बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

मानसिक रूपमा कमजोर भएकि महिलालाई बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङमा मानसिक रूपमा कमजोर भएकि एक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्लाकाे सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर भएकि एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)लाई जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको हाे ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले योगीले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिए ।

मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा वि.सं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.