१४ बर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय बृद्ध पक्राउ

१४ बर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय बृद्ध पक्राउ

पूर्व–नवलपरासीबाट प्रहरीले एक १४ बर्षीया  बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हाे ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार  ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको  छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.