बालिका बलात्कारको आरोपमा सात जना पक्राउ
सुर्खेत, वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।
ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ । जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताउनुभयो ।
अरु समाचार
प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिड...
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो...
आफ्नै १५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार,...
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुर चाँ...
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुम...
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अ...