दुई जना विद्यार्थीमाथि लामाे समयदेखि यौनशोषण गर्ने शिक्षक पक्राउ

दुई जना विद्यार्थीमाथि लामाे समयदेखि यौनशोषण गर्ने शिक्षक पक्राउ

धनुषा – मिथिला नगरपालिकाको ढल्केबरमा रहेको एक निजी विद्यालयमा पढ्ने दुई जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।

घटना सार्वजनिक भएलगत्तै प्रहरीले यौन शोषणमा संलग्न शिक्षकलाई पक्राउ गरेको छ ।

ढल्केबरस्थित ढल्केबर एकेडेमी बोर्डिङ्ग स्कुलमा मिनी बोडर्समा रहेर पढ्दै आएका सात वर्षीया र नौ वर्षीया बालिकामाथि केही समयदेखि पटक–पटक करणी गर्दै आएका ४३ वर्षीय शिक्षक टेकेन्द्र दहाललाई प्रहरीले पक्राउ गरेको हो ।

घटना सार्वजनिक भएपछि गएको असोज २८ गते शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादवले जानकारी दिनुभयो ।

झापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।

दसैँ अघिदेखि नै बिदाको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेका ती बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको जनाइएको छ ।

कसैलाई भनेमा मारिदिने धम्की दिँदै आएका कारण पीडित दुवै बालिकाले डरको कारण घटना सार्वजनिक गरेका थिएनन् । प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुवै बालिका र आरोपी शिक्षकको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

टेकेन्द्रमाथि जबरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.