आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा प्रक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा प्रक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवक रहेका छन् । उनले मादक पदार्थ सेवन गरी सोमबार १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।

किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् । पक्राउ परेका युवकमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.