१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१६ सिम्ले बस्ने २२ वर्षीय राम कुमार राई रहेका छन् । राईले ती किशोरीलाई स्कूलबाट घर फर्कने क्रममा सोही ठाउँस्थित रातापानी भन्ने स्थानमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.