किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका- ४ पुरुवा बस्ने २३ वर्षीय शंकर थारु रहेका छन् । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.