ज्यान मार्ने धम्की दिएर बलात्कार

ज्यान मार्ने धम्की दिएर बलात्कार

ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।

भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धम्की दिएर राइले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान मोटरसाइकलमा चढाएर तरहरा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

तरहरा जंगलमा लगेर जबरजस्ती करणी गरेको र पीडितले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएको जाहेरी आएपछि राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको को ३८ प ८५४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल बरामद गरेको छ। आरोपी युवकलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.