एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

एघार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन् । लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेकाे प्रहरीले जनाएकाे छ ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका लामालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.