सुस्त मनस्थिति भएकी किशाेरीलाई जर्बजस्ती करणी गरेकाे अभियोगमा एक युवक पक्राउ

सुस्त मनस्थिति भएकी किशाेरीलाई जर्बजस्ती करणी गरेकाे अभियोगमा एक युवक पक्राउ

रामेछापमा सुस्त मनस्थिति भएकी किशाेरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नम्बर-७, ओढारे बस्ने २८ वर्षीय पदमबहादुर माझी रहेका छन् । उनले आइतबार राति घर नजिकैकी छिमेकी १७ वर्षीया युवतीलाई घरमा सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गरेकाे प्रहरीले जनाएकाे छ ।

जबर्जस्ती गर्ने क्रममा किशाेरी चिच्याएपछि फरार रहेका माझीलाई प्रहरीले सोमबार दिउँसो मन्थली नगरपालिका वडा नम्बर-१, रणजोर खोलाबाट पक्राउ गरेको हाे ।

पक्राउ परेका माझीलाई जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.