डाक्टरलाई बलात्कारपछि जलाउने ४ भारतीय ‘इन्काउन्टर’मा मारिए
भारतको लेलङनामा गत हप्ता एक २६ वर्षीया भेटनरी डाक्टरमाथि सामूहिक बलात्कार गरी हत्या गरेको अरोपमा न्यायिक हिरासतमा रहेका चारै जना अरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
भारतीय प्रहरीले सो इन्काउन्टर गए राती भारतीय समय ३.३० बजे भएको र चारै जनामा मारिएको पुष्टि गरेको छ । प्रहरीले ब्याङलुर हैदरवावाद राष्ट्रिय राजमार्गको छतनपली गाउँका पुल मुनी जहाँ बलात्कारको घटना भएको थियो सोही स्थानमा सो इन्काउन्टर भएको जनाएको छ ।
२७ नभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकहरुले शरीर जलाइदिएका थिए। प्रहरीको अनुसन्धानको आरोपीहरुलाई क्राइम सिन रिक्रिएट गर्नका लागि घटना भएको स्थानमा लगेका थिए। अनुसन्धानबीच चारैजना आरोपीहरुले भाग्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको जनाइएकाे छ।
प्रहरीले घटना लगत्तै चार आरोपीलाई पक्राउ गरको थियो। अदालतले उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो। डाक्टरको बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भइरहेको छ।
घर फर्किरहेकी डाक्टर स्कुटर पञ्चर भएपछि एउटा टोल प्लाजामा बसिरहेकी थिइन्। त्यही बेला पेशाले ट्रक डाइभर र किल्नर रहेका आरोपीहरुले महिलाको सामूहिक बलात्कार गरी शरीर जलाइ दिएका थिए। आरोपीहरु २० देखि २६ वर्ष उमेर का थिए।
भारतमा गत वर्षको बालात्कारको तथयाङ्क हेर्दा दैनिक सरदर ९३ जना महिला बलात्कारको शिकार हुने गरका छन् ।
अरु समाचार
प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिड...
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो...
आफ्नै १५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार,...
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुर चाँ...
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुम...
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अ...