बाख्रा चराउन गएकी यूवतीमाथी जवरजस्ती करणी गरेको आरोपमा तीन पक्राउ

बाख्रा चराउन गएकी यूवतीमाथी जवरजस्ती करणी गरेको आरोपमा तीन पक्राउ

बाराकाे जितपुरसिमरा उपमहानगरपालिकामा बाख्रा चराउन गएकी एक यूवतीमाथी जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० बस्ने १८ बर्षिय नैमुदिन अंसारी, २५ बर्षिय शेष जमिन आलम र १९ बर्षिय शेष समी अख्तर रहेका छन् ।

उनिहरुले साेही वडाकी अन्दाजी २१ बर्षकी युवतीमाथी खेतमा बाख्रा चराउन गएका बेला मुख थुनेर हातखुट्टा समाती नजिकैको उखुबारीमा लगे करणी प्रयास गरेका थिए ।

प्रकाउ परेका तीनै जनाविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.