१० रुपैंयाँ दिएर १५ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार

१० रुपैंयाँ दिएर १५ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि बलात्कार

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले १० रुपैंयाँ दिएर एक १५ वर्षीया सुस्त मनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिंहदेवी गाविस घर भई भक्तपुरको सिपाडोल–६ बस्ने पूर्णबहादुर खड्का रहेका छन् । उच्च अदालत पाटनको २०७५ कात्तिक २७ गतेको फैसलाले २ वर्ष ६ महिनाको कैद सजाय पाएका खड्कालाई ब्यूरोको टोलीले बिहीबार भक्तपुरको सूर्यबिनायकबाट पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार ०७२ फागुन २१ गते खड्काले भक्तपुर जगातेकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका–६ स्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए ।

उनलाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.