किशोरीलाई जबरजस्ती गर्ने एक पक्राउ

किशोरीलाई जबरजस्ती गर्ने एक पक्राउ

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराबाट एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका ५ बाहिरीसैन गुरेनीका २८ वर्षीय हुकुम ताम्राकार रहेका छन् ।  ताम्राकारले गत बिहीबार किशोरीलाई करणी गरेर फरार रहेको भन्ने जाहेरीको आधारमा प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हाे ।

पक्राउ परेका ताम्राकारमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.