छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा पक्राउ

छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा पक्राउ

आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने जिल्लाकाे कानकाई नगरपालिका–१ निवासी ३० वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हजुरआमासमेत शारीरिक रूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.