किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्बास नगरपालिका-१ गणेशबस्ती बस्ने बिजय चौधरी रहेका छन् । लालझाडी गाउँपालिका-३ नन्दगाउँस्थित छिमेकीको बिवाहको जन्ती गएको अवस्थामा चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.