सहकर्मीलाई बलात्कार गरेको आरोपमा पूर्वअसई प्रकाउ

सहकर्मीलाई बलात्कार गरेको आरोपमा पूर्वअसई प्रकाउ

सहकर्मीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई पक्राउ परेका छन् ।

९ महिनाअघि आफू बलात्कृत भएको भन्दै एक महिला प्रहरीले राजेनद्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेकाे हाे ।

उनले अ‌ाफूलाई काठमाडौंको रानीबारीमा राजिन्द्रले गत साउनमा बलात्कार गरेको जाहेरी दिएकी दिएकी थिइन् ।

प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले सहकर्मी बलात्कारको आरोप लागेपछि अभियोगबाट बच्नकै लागियही फागुन १ गते राजीनामा दिएका थिए ।

राई माथी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.