‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद पक्राउ

प्रहरीले कैलालीबाट महिला माथी बलात्कार गरेकाे आरोपमा एकजना प्रदेश सांसदलाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल रहेका छन् । गत फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए । उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.