किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा १ जना पक्राउ

१४ वर्षिया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गोरखाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४, उपल्लो हटियाका ५६ वर्षीय गोपीबहादुर श्रेष्ठ रहेका छन् । किराना पसलमा सामान किन्न आएकी किशोरीमाथि श्रेष्ठले दुर्व्यवहार गरेको उजुरी परिवारका सदस्यले दिएपछि उनलाई नियन्त्रणमा लिइएको  प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका श्रेष्ठविरुद्ध प्रहरीले यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरएकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.